images
images
  • प्रधानमन्त्री ओलीको सुशासन– भ्रष्टाचार अभियोगमा पक्राउ पुर्जी जारी भएका सांसदसँगै आसन

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद रणेन्द्र बरालीले पक्राउ पुर्जी जारी भएका लुम्बिनी प्रदेशका सांसद विष्णु पन्थी प्रधानमन्त्री सहभागी कार्यक्रमको मञ्चमा देखिएको विषयमा संसद्मा प्रश्न उठाएका छन् ।

    आज प्रतिनिधिसभा बैठकमा सांसद बरालीले प्रहरी जाँदा भेट नहुने सांसद प्रधानमन्त्रीसँग एउटै मञ्चमा देखिएको भन्दै प्रश्न उठाएका हुन् ।

    ‘सुशासनको ठेक्का लिएको सरकार छ । पक्राउ पुर्जी जारी भएको आफ्नै सांसद छन् । प्रहरी प्रशासन जाँदा भेट नभएको जानकारी आउँछ । प्रधानमन्त्रीसँग कुम ठेलेर मञ्चमा बस्ने । सुशासनको कुन चाहिँ नमुना हो ?, उनले प्रश्न गरे ।

    सोमबार लुम्बिनीमा बुद्ध जयन्तीको अवसरमा आयोजित कार्यक्रममा पन्थी प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित कार्यक्रममा अतिथिका रूपमा सहभागी भएका थिए ।

    पन्थीविरुद्ध ०८१ जेठमा जिल्ला अदालत मोरङबाट पक्राउ पुर्जी जारी भएको थियो । तर, उनी अझै पक्राउ परेका छैनन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images