images
images
  • फिफा क्लब विश्वकपमा पन्ध्र हजार अर्जेन्टिनी समर्थकलाई अमेरिकाको प्रतिबन्ध

    काठमाडौं । अमेरिकामा आयोजना हुने क्लब विश्वकपमा अर्जेन्टिनाका १५ हजार आक्रामक समर्थकलाई प्रतिबन्ध गरिने भएको छ । अर्जेन्टिनाका सुरक्षामन्त्री प्याट्रिसिया बुलरिचले सोमबार ब्युनर्स आयर्सस्थित अमेरिकी दूतावासमा १५ हजार उच्छृंखल समर्थकको सूची बुझाएको रोयटर्सले जनाएको छ ।

    नयाँ संरचनामा लगिएको क्लब विश्वकप यसै वर्षको जुन १४ देखि जुलाई १३ सम्म अमेरिकामा हुने तालिका छ । जसमा अर्जेन्टिनाका बोका जुनियर्स र रिभरप्लेट गरी दुई टिमको सहभागिता रहनेछ ।

    “यस सूचीमा रहेका १५ हजारभन्दा धेरै समर्थकलाई मैदान प्रवेशमा प्रतिबन्ध गरिनेछ । हाम्रा लागि यो निर्णय निकै महत्त्वपूर्ण छ, किनभने अर्जेन्टिनाको रंगशालामा अराजक गतिविधि गरेकालाई कुनै पनि खेलकुद इभेन्टमा सामेल हुन दिनुहुँदैन,” सुरक्षामन्त्री बुलरिचले भनिन् ।

    प्रतियोगितामा अर्जेन्टिनी टोली बोका जुनियर्स समूह ‘सी’मा छ । यस समूहमा बायर्न म्युनिख, अकल्यान्ड सिटी र बेन्फिका छन् । यस्तै, रिभर प्लेट समूह ‘ई’मा छ । यस समूहमा उरावा रेड डायमन्ड्स, मोन्टेरे र एन्टर मिलान छन् । प्रतियोगितामा कुल ३२ टोलीको सहभागिता रहनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images