images
images
  • सभामुखले बोलाएको बैठकमा उपस्थित भएनन् प्रमुख सत्तारूढ कांग्रेस सचेतक घिमिरे

    काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बोलाएको बैठकमा कांग्रेस सचेतक अनुपस्थित भएका छन् ।

    बैठकमा कानुनमन्त्री अजयकुमार चौरसियासियासहित सत्तारूढ र विपक्षी दलका सचेतकहरूबीच छलफल सुरु भएको छ ।

    छलफलमा सत्तारूढ नेकपा (एमाले)का महेश वर्तौला, माओवादी केन्द्रका हितराज पाण्डे, रास्वपाका सन्तोष परियार सहभागी छन् ।

    जेठ महिनाको संसदको क्यालेन्डर र पूर्वबजेटबारे छलफल गर्न सभामुख घिमिरेले बैठक बोलाएका हुन् ।

    बैठकमा कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे काठमाडौं बाहिर भएकोले उपस्थित नभएको सभामुखको सचिवालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images