images
images
  • देशको नाममा सम्बोधन गर्दै मोदीले भने : पानी र रगत एकसाथ बग्न सक्दैन

    काठमाडौं । भारत र पाकिस्तानबीच हालै भएको तनाव र त्यसपछि युद्धविरामपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार राष्ट्रका नाममा सम्बोधन गरे ।

    प्रधानमन्त्री मोदीले अप्रिल २२ मा पहलगाम आक्रमणपछि सम्पूर्ण देश, हरेक राजनीतिक दल, आतंकवादविरुद्ध एक स्वरमा उभिएको बताए ।

    उनले भने, “हामीले भारतीय सेनालाई आतंककारीहरूलाई मेटाउन पूर्ण स्वतन्त्रता दिएका छौँ । आज हरेक आतंककारी, हरेक आतंकवादी संगठनलाई थाहा छ कि हाम्रा दिदीबहिनी र छोरीहरूको निधारबाट सिन्दूर निकाल्दा के परिणाम हुन्छ ।”

    उनले यो पनि भने, “अपरेसन सिन्दूर अन्तर्गत भारतको सैन्य कारबाही अहिलेको लागि मात्र स्थगित गरिएको छ ।”

    आगामी दिनहरूमा पाकिस्तानले चालेको हरेक कदमको मूल्यांकन उसले अपनाएको दृष्टिकोणको आधारमा गरिने मोदीले बताए ।

    उनले पाकिस्तानमाथि आतंकवादलाई बढावा दिएको आरोप लगाए । उनले भने, “यदि पाकिस्तान बाँच्न चाहन्छ भने, उसले आफ्नो आतंकवादी पूर्वाधार नष्ट गर्नुपर्नेछ ।”

    प्रधानमन्त्री मोदीले भने, “भारतको विचार एकदमै स्पष्ट छ, आतंक र वार्ता एकसाथ हुन सक्दैन । पानी र रगत एकसाथ बग्न सक्दैन ।”

    प्रतिक्रिया दिनुहोस्
    images
    images