काठमाडौं । भारतीय स्टार ब्याटर विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्न्यास घोषणा गरेका छन् ।
कोहलीले यसअघि नै सन्न्यास लिने इच्छा जनाएपनि सोमबार आधिकारिक रूपमा टेस्ट क्रिकेटबाट संन्यासको घोषणा गरेका हुन् ।
२०११ मा डेब्यू गरेका ३६ वर्षीयले भारतका लागि १२३ टेष्ट खेलेका छन् । उनले उक्त खेलमा १२३ रन बनाएका छन् ।
सो क्रममा ३० शतक र ३१ अर्थशतक प्रहार गरेका छन् । विराटले लामो समय भारतको कप्तानीसमेत गरेका थिए ।
‘म कृतज्ञताले भरिएको हृदय लिएर जाँदै छु, खेलको लागि, मैले मैदान साझा गरेका मानिसहरूको लागि र बाटोमा मलाई देख्ने हरेक व्यक्तिको लागि । म सधैँ मेरो टेस्ट करियरलाई मुस्कानका साथ फर्केर हेर्छु,’ कोहलीले इन्स्टाग्राममा लेखेका छन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















