images
images
  • पक्राउ पुर्जी जारी भएका एमाले सांसद खुलेआम सार्वजनिक कार्यक्रममा, पक्राउ गर्नुको साटो प्रहरी सुरक्षा घेरामा

    काठमाडौं । नेकपा (एमाले)का लुम्बिनी प्रदेश सभा सदस्य विष्णुप्रसाद पन्थी आज लुम्बिनीमा आयोजित बुद्ध जयन्तीको कार्यक्रममा उपस्थित भएका छन् ।

    उनीविरुद्ध एक वर्षअघि पक्राउ पुर्जी जारी भएको थियो । तर, पक्राउ पुर्जी जारी भए पनि प्रदेश सभा र सार्वजनिक कार्यक्रममा सहभागी भइरहेका उनी बुद्ध जयन्तीको कार्यक्रममा आसनग्रहण गरिरहेका छन् । प्रहरीले उनलाई पक्राउ गर्नुको साटो सुरक्षा पहरा दिइरहेको छ ।

    जिल्ला अदालत मोरङबाट जारी भएको पक्राउ पूर्जी जिल्ला प्रहरी परिसर काठमाडौं, अपराध अनुसन्धान तथा कारबाही शाखा, जिल्ला प्रहरी कार्यालय रुपन्देहीसहित मातहतका सबै प्रहरी युनिटमा पुगेको छ । तर, राजनीतिक पहुँचका आधारमा उनी प्रहरीको नजरमा परेका छैनन् ।

    पन्थी सञ्चालक रहेको गौतमबुद्ध हाइड्रो पावर प्रालि काठमाडौंलाई विराटनगरको पल्लवी इलेक्ट्रा प्रा।लिले विद्युतीय सामग्री उधारोमा उपलब्ध गराएको तर रकम नतिरेको मुद्दामा पन्थी र उनका साझेदार देवराज खनालविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images