images
images
  • प्रधानमन्त्रीले महामन्त्रीको जवाफ फर्काए, भने– मेरो बेडरुममा बिचौलिया आउँदैनन् र चिनजान पनि छैन

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिचौलियाको कुनै पनि समूहसँग आफ्नो चिनजान नरहेको स्पष्ट गरेका छन् ।

    प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका विषयबारे जवाफ दिनेक्रममा यस्तो स्पष्ट पारेका हुन् ।

    प्रधानमन्त्री ओलीले भने, ‘पुँजीवाद होइन, मानववाद र समाजवाद ल्याउने हो । अहिलेको सरकारले पुँजीवादलाई प्रश्रय दिँदैन । पैसाले होइन, हाम्रा लागि मान्छे महत्वपूर्ण हो । त्यसैले कोही बिचौलियासँग मेरो चिनजान छैन ।’

    प्रमुख सत्तारूढ दल नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्रीको बेडरुमसम्मे बिचौलियाको पहुँच भएका बताएका थिए । उनले बैशाख २ काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै यस्तो बताएका थिए ।

    प्रधानमन्त्रीले प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिनेक्रममा गगनलाई जवाफ फर्काएका हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images