images
images
  • संसद्‌मा नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओली (कार्यसूचीसहित)

    काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको जारी बैठकमा प्रधानमन्त्रीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदैछन् ।

    आज (आइतबार) बिहानदेखि बसेको उक्त बैठकमा आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले दिनेछन् ।

    राष्ट्रपति रामचन्द्र पौडेलले बैशाख १९ गते शुक्रबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रले दिने सम्भावित कार्यसूची रहेको छ ।

    त्यसलगत्तै नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गरिने छ भने सभामुखले निर्णयार्थ प्रस्तुत गर्नेछन् ।

    उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक)माथि छलफल

    गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद्का मुख्य सचिव पद्मप्रसाद पाण्डेले बताए ।

    हेर्नुहोस् सम्भावित कार्यसूची :

    Screenshot 2025 05

    प्रतिक्रिया दिनुहोस्
    images
    images