images
images
  • रविको बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुँदै

    काठमडौं । पूर्वउपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि सुनुवाइ हुँदैछ ।

    सर्वोच्च अदालतका न्यायाधीशद्वय सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको इजलासमा लामिछानको बन्दी प्रत्यक्षीकरणको मुद्दामाथि सुनुवाइ हुन लागेको हो ।

    गत बैशाख ७ गते लामिछानेको तर्फबाट श्रीमती निकिता पौडेलले रविलाई गैरकानुनी थुनामा राखिएको भन्दै बन्दी प्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् ।

    बैशाख ९ गते न्यायाधीश अजीज मुसलमानको एकल इजलासले सरकारका नाममा कारण देखाऊ आदेश जारीसमेत गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images