images
images
  • पाकिस्तानी प्रधानमन्त्रीले भने : भारतले नचाहिने आरोप लगायो

    काठमाडौं । भारत र पाकिस्तानबीच युद्धविराम सहमति घोषणा भएपछि पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले शनिबार राति राष्ट्रका लागि सम्बोधन गर्दै अमेरिका, बेलायत र चीनलाई धन्यवाद दिएका छन् ।

    प्रधानमन्त्री शरीफले पाकिस्तानी सेना, नौसेना र सशस्त्र बलका अधिकारीहरूलाई उनीहरूको नामै लिएर बधाई दिए । साथै भने, “यो पाकिस्तानको ऐतिहासिक जित हो ।”

    उनले पाकिस्तानका विपक्षी दलहरूप्रति पनि आभार व्यक्त गरे । शरीफले सम्बोधन सुरु गर्दै भने, “यदि कसैले हाम्रो स्वतन्त्रतालाई चुनौती दिन्छ भने हामी आफ्नो रक्षाका लागि जे पनि गर्नेछौँ ।”

    उनको देशविरुद्ध लगाइएका आरोप निराधार भएको र यसको जाँच गर्ने पनि उनले दाबी गरे । शहबाज शरीफको सम्बोधनको बारेमा भारतले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

    तर, उनको सम्बोधनभन्दा केही समयअगाडि भारतीय विदेशसचिव विक्रम मिस्रीले एक विशेष पत्रकार सम्मेलन आयोजना गर्दै पाकिस्तानले सम्झौताको घोर उल्लंघन गरिरहेको आरोप लगाएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images