images
images
  • राजाले कंगाल बनाएको देश हामीले मालामाल बनायौँ : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजाहरूले देशलाई कंगाल बनाएको आरोप लगाएका छन् ।

    शनिबार (वैशाख २७) काठमाडौंमा दोस्रो राष्ट्रिय वन सम्वर्द्धन गोष्ठीमा उनले यस्तो आरोप लगाएका हुन् ।

    उनले पूर्वराजा ज्ञानेन्द्र शाहलक्षित गर्दै देशलाई आजको जमानासम्म गरिब बनाएर राख्नेले ‘हामी आउँछौँ, साथ देऊ’ भनिरहेको देख्दा अचम्म लागेको बताए ।

    “अचम्म त के भने, यो देशलाई यसरी आजको जमानासम्म गरिब बनाएर ल्याउनेहरू फेरि हामी नभइ भएन, हामी आउँछौँ, साथ देऊ भनेर लाजै मान्दैन,” उनले भने, “यो देश कंगाल बनाउने त यिनीहरू हुन् त !”

    अहिले ३० वर्षमै देश मालामाल हुने गरी विकास भएको उनले उल्लेख गरे । देशलाई बस्न लायकको बनाउनैपर्नेमा उनले जोड दिए ।

    “वातावरणीय हिसाबले हेर्नुस्, हिमाल, पहाड छन् । यस्तो स्वच्छ, पवित्र छ । यो त देवभूमि हो । यस्तो ठाउँ, अक्सिजन नै अक्सिजन भएको ठाउँ छ,” उनले भने, “यस्तो देशमा फोक्साको व्यापारी ? कहाँबाट आयो यो फोक्साको व्यापारी नेपालमा ?”

    प्रधानमन्त्री ओलीले देशलाई उपचार गर्ने पुस्ता हालको रहेको बताउनु बताए ।

    वर्तमान पुस्ताले शुद्ध, पवित्र, स्वच्छ र सुखयुक्त देश बनाउनुपर्नेमा उनले जोड दिए । न्युज एजेन्सी नेपाल

    प्रतिक्रिया दिनुहोस्
    images
    images