images
images
  • चीनमा निर्मित जेटले खसाल्यो भारतीय २ फाइटर विमान

    चीनको बेइजिङमा बनेको पाकिस्तानी जेटले बुधबार कम्तीमा दुई भारतीय सैनिक विमानलाई खसालेको अमेरिकी अ।धिकारीहरुले दाबी गरेका छन् ।

    दुई देशबीचको बढ्दो तनावका स्थितिमा भारतीय सेनाका दुई फाइटर विमानलाई पाकिस्तानले लन्च गरेको जेटले खसालेको भनेर दुई अमेरिकी अधिकारीहरुलाई उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ ।

    अत्याधुनिक किमिसको उक्त जेट ठूलो माइलस्टोनको प्रयोगका लागि परिचित छ । रोयटर्सका अनुसार भारतीय वायुसेनाका प्रवक्ताले यसबारेमा कुनै टिप्पणी गर्ने अवस्थामा नभएको बताएका छन् ।

    नाम नखुलाउने शर्तमा एक अमेरिकी अधिकारीले भने, ‘चीनमा निर्मित जे–१० विमानले भारतीय फाइटर प्लेनमाथि मिसाइल परीक्षण गरिरहेकोमा विश्वास गर्न सकिन्छ जसले कम्तीमा दुई फाइटर खसालेको छ ।’

    अर्का अधिकारीका अनुसार खसालिएको भारतीय फाइटर विमान फ्रान्समा बनाइएको हो । दुवै अधिकारीले पाकिस्तानको विमानले भारतको फाइटर खसाल्न कुनै भूमिका नखेलेकोमा एक मत दिए ।

    उता भारतले भने आफ्नो फाइटरको हानी स्वीकारेको छैन । बरु पाकिस्तानको आतंककारीको अखडामा सफल हवाई आक्रमणको दाबी गरिरहेको छ ।

    विश्व शक्ति राष्ट्रहरु अ‍ेमरिका, रुस र चीनले भने आणविक हतियार भएका ति क्षेत्रहरुमा शान्ति कायम राख्न आग्रह गरेका छन् ।

    पाकिस्तानले चीनमा बनाएको जेटको प्रयोगले भारतीय सेनाको फाइटर प्लेन खसालेको भनेर पहिलोपटक रिपोर्ट भएको रोयटर्सले उल्लेख गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images