images
images
  • सत्तापलट चर्चा पुनः सतहमा आएसँगै राष्ट्रपति र प्रचण्डबीच सुटुक्क भेटवार्ता, के भयो कुरा ?

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रचण्डबीच भेटवार्ता भएको छ ।

    आज (शुक्रबार) बेलुका ६:०० बजे राष्ट्रपति पौडेल र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल `प्रचण्ड´बीच भेटवार्ता भएको हो ।

    भेटमा समसामयिक राजनीतिक घटनाक्रम र बदलिँदो परिस्थितिबारे छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

    कांग्रेस-एमाले नेतृत्वको सरकारमा खलल आएकै समयमा राष्ट्रपति र प्रचण्डबीच भएको भेटवार्तालाई राजनीतिक वृत्तमा अर्थपूर्ण ढंगले हेरिएको छ ।

    विगत एक महिनायता गभर्नर रिक्त छ । रिक्त गभर्नर पदपूर्तिका लागि सत्तारूढ कांग्रेस-एमालेबीच रस्साकस्सी चलेको छ ।

    सोही विषयलाई लिएर सरकार विघटन हुनसक्ने सम्भावित आकलन गरिएको छ ।

    यहीँ मौकामा कांग्रेस पृष्ठभूमिका राष्ट्रपति पौडेल र प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीचको भेटलाई अर्थपूर्ण ढंगले हेरिएको हो ।

    उनीहरूबीच झण्डै एक घण्टा वार्ता भएको सचिवालयको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images