काठमाडौं – परराष्ट्र मन्त्रालयले पाकिस्तानमा अध्ययन, रोजगार वा व्यापारका सिलसिलामा रहेका नेपाली नागरिकलाई कुनै समस्या परेमा इस्लामाबादस्थित नेपाली दूतावासमा तत्काल सम्पर्क गर्न आग्रह गरेको छ।
हालै भारत र पाकिस्तानबीच उत्पन्न द्वन्द्वजन्य परिस्थितिलाई ध्यानमा राख्दै मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नेपाली जनताको सुरक्षा र हित सुनिश्चित गर्न नेपाल सरकार पूर्णतः सचेत रहेको जनाएको छ।
विज्ञप्तिमा इस्लामाबादस्थित नेपाली दूतावासले त्यहाँ रहेका सम्पूर्ण नेपालीहरूसँग निरन्तर सम्पर्कमा रहिरहेको उल्लेख गरिएको छ। साथै, दूतावास २४ सै घण्टा खुला रहेको र आपत्कालीन अवस्थाका लागि वृन्दा सुवेदी खड्का : +९२ ३३१३२९३११९, आर्सलान मेहमुद : +९२ ४३०५१७४२६१ र इमेल : [email protected] मा सम्पर्क गर्न सकिने समेत जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्























