images
images
  • कांग्रेस पदाधिकारी बैठकमा देउवाको ब्रिफिङ– सरकार फेरबदल हुन पनि सक्छ, यसै भन्न सक्दिनँ

    काठमाडौं । प्रमुख सत्तारूढ कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको ढिलाइबारे बैठकमा ब्रिफिङ गरेका छन् ।

    आज (शुक्रबार) बिहान बसेको कांग्रेस पदाधिकारी बैठकमा एक महिनादेखि रिक्त गभर्नर नियुक्तिबारे ब्रिफिङ गरेको एक पदाधिकारीले बताए ।

    बैठकमा नेताहरूले गभर्नर नियुक्तमा किन ढिलाइ भएको हो ? भन्ने प्रश्नमा प्रधानमन्त्री केपी शर्मा ओलीको लापरबाहीका कारण ढिलाइ भएको जवाफ दिएको सभापति देउवाले भनाइ उद्धृत गर्दै ती पदाधिकारीले भने ।

    देउवा निवासमा बूढानीलकण्ठमा शुक्रबार बिहान बसेको बैठकमा पार्टी पदाधिकारीले राष्ट्र बैंकको गभर्नर नियुक्तिमा भएको ढिलाइबारे चासो राखेका थिए ।

    देउवाको भनाइ उद्धृत गर्दै उनले भने, ‘गभर्नर नियुक्तिमा प्रधानमन्त्रीले जतिसक्दो चाँडो गर्न पहल गर्नुपर्नेथ्यो तर उहाँले त्यसो गर्नु भएको छैन । नियुक्ति विलम्ब हुँदा बाहिर राम्रो सन्देश गएको छैन । यसका लागि हामीले अब सोच्नुपर्ने हुनसक्छ । सरकारबारे पनि गम्भीर छलफल भएको छ । अब छिट्टै निकास आउनसक्छ ।’

    देउवाले सरकार फेरबदल हुन सक्ने बताएका छन् भने अवस्था जस्तोसुकै आउने उनको भनाइ छ ।

    सत्तारूढ कांग्रेस र एमालेबीचमा सहमति नहुँदा गभर्नर नियुत्तमा ढिलाइ भएको छ ।

    यसका लागि संवैधानिक निकायमा पदपूर्ति गर्न सरकारको ध्यानाकर्षण गराउने कांग्रेस पदाधिकारी बैठकमा छलफल भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images