images
images
  • पाकिस्तानी सेनाको गोलाबारीमा तीन भारतीय नागरिकको मृत्यु

    काठमाडौं । कश्मीरमा पाकिस्तानी सेनाको गोलाबारीमा तीन भारतीय नागरिकको मृत्यु भएको छ । समाचार संस्था रोयटर्स र एफपीले भारतीय सेनालाई उदृत गर्दै तीन भारतीय नागरिकको मृत्यु भएको बताएका छन् ।

    यसैबीच, पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरिफ चौधरीले बीबीसीलाई बताएअनुसार भारतीय आक्रमणमा दुई बालबालिकासहित सातजनाको मृत्यु भएको छ ।

    चौधरीका अनुसार आक्रमणमा मस्जिदसहित धेरै ठाउँलक्षित गरिएका थिए ।

    पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरिफले भारतीय आक्रमणप्रति प्रतिक्रिया जनाएका छन् । उनले पाकिस्तानलाई यसको जवाफ दिने पूर्णअधिकार रहेको बताएका छन् । बीबीसी

    प्रतिक्रिया दिनुहोस्
    images
    images