images
images
  • पाकिस्तानको संसदमा भारतविरुद्वको प्रस्ताव पारित

    पाकिस्तानको संसद् (राष्ट्रिय सभा) ले सोमबार सर्वसम्मतिले पहलगाम आतंकवादी हमलापछि भारत सरकारको ‘दुर्भावनापूर्ण अभियान’को निन्दा गर्दै प्रस्ताव पारित गरेको छ।

    यो प्रस्ताव सत्तारुढ पाकिस्तान मुस्लिम लिग-नवाज (पीएमएल-एन) का सांसद तारिक फजल चौधरीले प्रस्तुत गरेका थिए।

    यसले अप्रिल २२ मा पहलगाममा भएको आक्रमणमा पाकिस्तानलाई जोड्ने सबै ‘प्रयासहरू’लाई अस्वीकार गरेको छ।

    यस आतंकवादी आक्रमणमा २६ जना मारिएका थिए।

    पाकिस्तानी संसदमा प्रस्तुत प्रस्तावमा भनिएको छ- भारत सरकारले पाकिस्तानलाई बदनाम गर्न सुनियोजित र दुर्भावनापूर्ण अभियान चलाएको छ, जसको हामी निन्दा गर्छौं।

    प्रस्तावमा निर्दोष मानिसहरूको हत्या पाकिस्तानले प्रतिपादन गरेको मूल्यमान्यताको विपरीत भएकोमा जोड दिइएको छ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images