काठमाडौं । सरकार र शिक्षक महासंघबीच सहमति भएको चौबिस घण्टा नबित्दै विरोध सुरु भएको ।
सहमतिमा विद्यालय कर्मचारीको भाग सम्बोधन नभएको भन्दै उनीहरूले अध्यक्ष लक्ष्मीकिशोर सुवेदीको विरोध गरेका हुन् ।
नयाँ बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयमा सहमतिबारे जानकारी गराउन पुगेका सुवेदी कार्यक्रममा प्रवेश गर्न नपाउँदै विरोध भएको थियो ।
विद्यालय कर्मचारीहरू उनीविरुद्ध आक्रामक बनेपछि सहमतिबारे जानकारी गराउने कार्यक्रम नै भाँडिएको छ ।
विद्यालय परिसरमा सुवेदीविरुद्ध नाराबाजी भएपछि उनलाई प्रहरीले आफ्नो घेरामा राखेको छ ।
सरकारसँगको सहमतिमा विद्यालय कर्मचारीले विरोध जनाएका थिए ।
उनीहरूले आफ्ना माग सम्बोधन नभए पुनः आन्दोलनमा जाने चेतावनी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्





















