images
images
  • राष्ट्रसंघ रेकर्ड– सन् २०१४ देखि २०२४ सम्म विश्वभर ७२ हजारभन्दा बढी आप्रवासीको मृत्यु

    संयुक्त राष्ट्रसंघले पछिल्लो एक दशकमा विश्वभर ७२ हजारभन्दा बढीको मृत्यु भएको वा वेपत्ता पारिएका व्यक्तिको अभिलेखीकरण गरिएको जनाएको छ ।

    अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) का अनुसार गत वर्ष आप्रवासन मार्गमा कम्तीमा आठ हजार ९३८ जनाको मृत्यु भएको योपछिल्लो एक दशकमा एक बर्षमा भएको सबैभन्दा बढी आप्रवासीको मृत्यु थियो ।

    आईओएमकी प्रमुख एमी पोपले एक विज्ञप्ति जारी गर्दै असुरक्षा, अवसरको अभाव र अन्य दबाबका कारण र घरमा सुरक्षित वा व्यवहारिक विकल्प नहुँदा मानिसहरूले आफ्नो ज्यान जोखिममा पारेको दुःखद स्मरण गराएको बताए ।

    सन् २०१४ यता विश्वव्यापी रूपमा भएका सबै आप्रवासी मृत्यु र बेपत्तामध्ये करिब तीन चौथाइ मानिस असुरक्षा, द्वन्द्व, विपद् र अन्य मानवीय संकटबाट भागेर आएको उनले संयुक्त राष्ट्रसंघीय निकायको प्रतिवेदनमा उल्लेख छ ।

    आईओएमको वेपत्ता आप्रवासीको रिपोर्टमा भनिएको छ, ‘मानवीय संकटबाट हजारौं अफगानी, रोहिङ्ग्या र सिरियाली नागरिकको मृत्यु भएको छ र प्रभावित मुलुकका चार जनामध्ये एक जना ती मुलुकका नागरिक रहेका छन् ।

    संयुक्त राष्ट्रसंघको संकट प्रतिकार्य योजना वा मानवीय प्रतिकार्य योजना रहेको विश्वका ४० देशमध्ये एकबाट भाग्ने क्रममा ५२ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ ।

    दिवंगत पोपले अन्तर्राष्ट्रिय लगानीका लागि समुदायभित्र स्थायित्व र अवसर सिर्जना गर्न आग्रह गर्दै आप्रवासन आवश्यकता नभई विकल्प भएको बताए । उनले भने, ‘जब कुनै देशमा बस्नसम्भव छैन, हामीले सुरक्षित, कानुनी र व्यवस्थित मार्गहरू खोज्न सँगै काम गर्नुपर्छ जसले जीवनको रक्षा गर्दछ ।’

    मध्य भूमध्यसागरीय क्षेत्र विश्वकै सबैभन्दा घातक आप्रवासन मार्गका रुपमा रहेको र पछिल्लो एक दशकमा करिब २५ हजार मानिसले समुद्रमा ज्यान गुमाएको आईओएमले जनाएको छ ।
    तीमध्ये १२ हजारभन्दा बढी युद्धग्रस्त लिबियाबाट प्रस्थान गरेपछि समुद्रमा हराएका थिए भने अन्य अनगिन्ती सहारा मरुभूमिमा ट्रान्जिट गर्ने क्रममा बेपत्ता भएका थिए ।

    सन् २०२१ मा तालिबानले पुनः सत्ता सम्हालेयता विगत एक दशकमा संकटग्रस्त अफगानिस्तानबाट बाहिरिने क्रममा पाँच हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

    यस अवधिमा म्यान्मामा उत्पीडनमा परेका रोहिङ्ग्या अल्पसंख्यक समुदायका तीन हजार १०० भन्दा बढी सदस्यको मृत्यु भएको थियो ।

    आईओएमको मिसिङ माइग्रेन्ट प्रोजेक्टकी संयोजक तथा प्रतिवेदनकी लेखिका जुलिया ब्ल्याकले भने, ‘प्रायजसो आप्रवासीहरू दरारबाट गुज्रन्छन् ।’

    उनले भने, ‘विशेषगरी युद्ध क्षेत्र र विपद् क्षेत्रमा तथ्यांकको अभावका कारण वास्तविक मृत्यु हुनेको संख्या हामीले रेकर्ड गरेको भन्दा धेरै हुन सक्छ ।’ –रासस

    प्रतिक्रिया दिनुहोस्
    images
    images