images
images
  • अमेरिकी राष्ट्रपति ट्रम र चिनियाँ समकक्षी सीबीच संवाद, दुई हप्तामै कर आतंक सल्टिने संकेत

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनका राष्ट्रपति सी जिनपिङसँग करका विषयमा कुराकानी भएको बताएका छन् ।

    ट्रम्पले चिनियाँ सामानमा लगाएको नयाँ करका कारण विश्वका दुई ठूला अर्थतन्त्रबीच बढ्दो तनाबबीच यो भनाइ सार्वजनिक भएको हो । अमेरिकाले चीनबाट आयात हुने अधिकांश उत्पादनमा १४५ प्रतिशतसम्म कर लगाएको छ ।

    चीनले संयुक्त राज्य अमेरिकासँग व्यापार वार्ता गरिरहेको कुरा अस्वीकार गर्दै आएको छ तर ट्रम्पले आगामी केही हप्तामा दुई देशबीच सम्झौता हुने अपेक्षा गरेको बताएका छन् ।

    अमेरिकी राष्ट्रपति ट्रम्पले मङ्गलबार एक पत्रिकालाई दिएको अन्तर्वार्तामा भनेका छन्, ‘उनीहरूले सहज महसुस गर्ने धेरै अवस्था रहेका छन् तर अब हामीले तिनीहरूलाई हामीबाट एक ट्रिलियन डलर कमाउन दिनेछैनौँ ।’

    ट्रम्पले अनुचित व्यापार अभ्यासको प्रतिशोधका साथै अमेरिकी उत्पादन क्षमतालाई पुनस्र्थापित गर्ने प्रयासको रूपमा रहेको कर आक्रमणले विश्व बजारलाई त्रसित बनाएको छ र विश्वव्यापी मन्दीको डर बढाएको छ । –रासस

    प्रतिक्रिया दिनुहोस्
    images
    images