images
images
  • हार्वर्ड विश्वविद्यालयलाई अब कर छुट पनि नदिने विचारमा ट्रम्प

    हार्वर्ड विश्वविद्यालयलाई २ अर्ब डलरभन्दा बढीको आर्थिक सहयोग रोकेपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अब संस्थालाई कर छुट फिर्ता लिने चेतावनी दिएका छन्।

    उनले आफ्नो ट्रुथ सोशल अकाउन्टमा हार्वर्ड विश्वविद्यालयले राजनीतिक संस्थाका रूपमा कर तिर्नुपर्ने लेखेका छन्।उनले लेखेका छन्, ‘सायद अब हार्वर्ड विश्वविद्यालयलाई कर छुट दिन छाड्नुपर्छ।’

    हार्वर्ड विश्वविद्यालयले अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले पठाएको मागहरूको सूची लागू गर्न अस्वीकार गरेको थियो।

    विश्वविद्यालय क्याम्पसहरूमा यहुदीविरोधी भावनाविरुद्ध लड्न यी माग तयार पारिएको बताइएको छ। जसमा विश्वविद्यालयको प्रशासन, भर्ना र नियुक्ति प्रक्रियामा परिवर्तनका कुरा थिए।

    हार्वर्डले सोमबार यी मागलाई दृढतापूर्वक अस्वीकार गर्‍यो र भन्यो, ‘ह्वाइट हाउसले “हाम्रो समुदायमाथि नियन्त्रण कायम गर्ने प्रयास गरिरहेको छ।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images