images
images
  • नेपाललाई ३ रनले हराउँदै कुवेतले जित्यो उपाधि

    काठमाडौं-नेपाललाई हराउँदै कुवेतले चार देशिय सम्मिलित टी-ट्वान्टी-२० अन्तर्राष्ट्रिय सिरिजको उपाधि जितेको छ‌।हङकङमा भएको सिरिजको फाइनलमा आज नेपाललाई ३ रनले पराजित भएको छ । खराब ब्याटिङ प्रदर्शन कारण नेपालले ३ रनले हार हुन पुग्याे ।

    नेपालको लागि बसिर अहमदले उत्कृष्ट खेले। उनलाई नन्दन यादवले साथ दिए। यसबाहेक आठ खेलाडीले दोहोरो रन छुन सकेनन्। जितको लागि १ सय ७५ रनको लक्ष्य पछाएको नेपाल १९ रनमा ३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ७१ रनमा समेटियो। खराब सुरुवात गरेको नेपालले २८ रन बनाउँदा ४ महत्वपूर्ण विकेट गुमाइसकेको थियो। कुशल भुर्तेल ३ रनमा, आशिफ शेख २१ रनमा आउट भए ।

    कुशल मल्ल र दीपेन्द्र सिंह ऐरी रनको खाता खोल्नै सकेनन्। त्यसपछि पनि कुनै खेलाडीले इनिङ्स सम्हाल्न सकेनन्। निरन्तर अन्तरालमा विकेट झरि नै रहयो। कप्तान रोहित पौडेल पनि ७ रनमा आउट भए। सोमपाल कामी ४ रन, गुलशन झा ९ रनमा र करण केसी ४ रनमा आउट हुँदा नेपाल हार नजिक पुगेको थियो । मात्र ९२ रन बनाउँदा नेपालले ८ विकेट गुमाइसकेको थियो। त्यसपछि छैटौं क्रमका बसिर अहमद र नन्दन यादवाले नवौं विकेटको लागि ७२ रनको साझेदारी गर्दै टिमलाई जिततर्फ डोर्याए।

    बिष्फोटक ब्याटिङ गर्दै नन्दन १८।२ओभरमा ३७ रन जोडेर आउट भए। यतिखेर नेपालले १ सय ६४ रन बनाएको थियो।अन्तिम ओभरमा नेपाललाई जितको लागि ११ रन जरुरी थियो। अुनदीप चिन्थामाराको अन्तिम ओभरको पहिलो बलमा नो बल फ्याँके। बसिरले छक्का प्रहार गरे। तर उनी यसको दुुई बलपछि आउट हुँदा नेपाल ३ रनको झिनो हार बेहोर्न बाध्य भयो। बसिरले विष्फोट ब्याटिङ गर्दै ४३ बलमा ८ चौका र ४ छक्का सहित ८० रनको पारी खेले।

    बलिङमा अुनदीप चिन्थामाराले ३ विकेट लिए। यासिन पटेल र नविनराज राजेन्द्रनले समान २ विकेट झारे। त्यसअघि नेपालले मिसन रोड मैदानमा टस जितेर पहिले कुवेतलाई ब्याटिङको लागि उतार्यो। कुवेतले २० ओभरमा ७ विकेट गुमाउँदै १ दय ७४ रन बनायो। ओपनर राभिजा सन्दरुवान र क्लिन्टो एन्टोले पहिलो विकेटका लागि ४९ रनको साझेदारी गरे। क्लिन्टो २६ रन जोडेर नन्दन यादवको बलमा आउट भए। दोस्रो विकेट पनि नन्दनले नै लिए। मिट भावसार १६ रनमा पबिलियन फर्किए।

    यसपछि २३ रन बनाएका उसमान पटेललाई कुशल भुर्तेलले आउट गरे। तेस्रो विकेट गुमाउँदा कुवेतले १२७ रन बनाएको थियो।ओपनर राभिजा क्रिजमा टिके। उनले २८ बलमा अर्धशतक बनाए। उनको विकेट करण केसीले लिए। ३६ बल खेल्दै ६ चौका र ४ छक्का प्रहार गर्दै ६३ रनको महत्वपूर्ण पारी खेले।

    राभिजा आउट भएपछि बिलाल ताहिर ९ रनमा रन आउट भए। ७ रन बनाएका मोहम्मद उमर तथा २ रन बनाएका यासिन पटेलललाई सोमपालले आउट गरे। कप्तान मोहम्मद अशलाम अविजित १३ रनमा रहे।नेपालले लिग चरणमा कतारलाई ८ विकेट र कुवेतलाई ६ विकेटले हराएको थियो। हङकङविरुद्धको खेल वर्षाका कारण रद्द भएको थियो। कुवेतले हङकङलाई ४ विकेट र कतारलाई ६ विकेटले माथ दिएको थियो।

    बलिङमा नन्दनले ४ ओभर बलिङ गर्दै २५ रन दिएर २ विकेट लिए। सोमपालले ४ ओभर बलिङ गर्दै २६ रन खर्चेर २ विकेट आफ्नो नाममा लेखाए। करण र कुशल भुर्तेलले समान १ विकेट लिए। यो खेलमा ललित नारायण राजवंशी विकेट विहिन रहे।

    प्रतिक्रिया दिनुहोस्
    images
    images