images
images
  • पति मारेर प्रेमीसँगै जेल परेकी मुस्कान गर्भवती

    भारतको उत्तर प्रदेशमा श्रीमान् सौरभको हत्या गरेपछि प्रेमी साहिलसँगै जेल परेकी मुस्कान गर्भवती रहेको पुष्टि भएको छ।

    हिन्दुस्तानका अनुसार मेरठ जिल्ला कारागारमा रहेकी मुस्कान गर्भवती पाइएपछि कारागार प्रशासन समस्यामा परेको छ।

    मुस्कानको परिवारबाट अहिलेसम्म कोही पनि उनलाई भेट्न वा मद्दत गर्न आएका छैनन्। यस्तो अवस्थामा जेल प्रशासनले नै मुस्कानको प्रारम्भिक उपचारको व्यवस्था गर्न थालेको छ।

    सबैभन्दा पहिले मुस्कानको अल्ट्रासाउन्ड गरिने भएको छ। यसका लागि जेल सुपरिटेन्डेन्टले लाला लाजपत राई मेमोरियल मेडिकल कलेजका अधिकारीलाई पत्र लेखेर अल्ट्रासाउन्डको मिति मागेका छन्। मुस्कानको अल्ट्रासाउन्ड आगामी सोमबार हुने अपेक्षा गरिएको छ।

    गत मार्च ३ मा मुस्कानले आफ्ना प्रेमी साहिलसँग मिलेर पति सौरभको बीभत्स हत्या गरेकी थिइन्।

    हत्याको खुलासा मार्च १७ मा भएको थियो भने प्रहरीले मार्च १८ मा मुस्कान र उनका प्रेमी साहिललाई प्रहरीले पक्राउ गरेको थियो। अनि मार्च १९ मा अदालतले दुवैलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो।

    उनीहरूलाई जेलमा छुट्टाछुट्टै कोठामा राखिएको छ। उनीहरूले सँगै बस्ने अनुमति मागेको तर जेलको नियमअनुसार त्यसो गर्न नपाएको खबर पनि बाहिरएको थियो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images