images
images
  • जयपुरमा कंग्रेस जिल्ला उपाध्यक्षले रक्सी खाएर कार चलाउँदा ९ जनालाई किच्यो

    भारतको जयपुरमा कंग्रेस जिल्ला उपाध्यक्ष उस्मान खानले चलाएको कारले ९ जनालाई किचेको छ।

    भारतीय सञ्चारमाध्यमका अनुसार उनले चलाएको एसयूभी कारले ९ जनालाई कुल्चिँदा दाजुबहिनीसहित तीन जनाको मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते भएका छन्।

    प्रहरीका अनुसार घटना सोमबारको हो। कारले पहिले एमआई रोडमा रहेका सवारीसाधनहरूलाई ठक्कर दियो र त्यसपछि सडकमा हिँडिरहेका मानिसहरूलाई कुल्चिन थाल्यो।

    खानले रक्सी खाएर ७ किलोमिटरसम्म गाडी कुदाएको पाइएको प्रहरीको भनाइ छ।

    नाहरगढ प्रहरी चौकी क्षेत्रको सन्तोषी माता मन्दिरनजिकै उनको कारले पहिले स्कुटर-बाइकलाई ठक्कर दियो र त्यसपछि सडकमा लडेका मानिसहरूलाई कुल्चेर भाग्यो। घटनापछि कंग्रेस पार्टीले उनलाई जिल्ला उपाध्यक्ष पदबाट हटाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images