images
images
  • भारतको गुजरातमा लडाकु विमान दुर्घटना हुँदा पाइलटको मृत्यु

    भारतको पश्चिमी राज्य गुजरातमा रात्रिकालीन अभियानको क्रममा भारतीय वायुसेनाको जगुआर लडाकु विमान दुर्घटनाग्रस्त हुँदा एक पाइलटको मृत्यु भएको छ । अर्का एक गम्भीर घाइते भएको अधिकारीहरूले बिहीबार बताएका छन् ।

    गुजरातको राजधानी गान्धीनगरबाट लगभग ३३४ किलोमिटर पश्चिममा रहेको जामनगर जिल्लाको सुवर्दा गाउँको खुला मैदानमा बुधवार राति दुर्घटनापछि लडाकु विमानमा आगो लागेको थियो ।

    भारतीय वायुसेनाले दुर्घटनाको अनुसन्धानको आदेश दिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images