हमासद्वारा सञ्चालित गाजा मिडिया कार्यालयले बिहीबार जनाएको छ कि गाजा शहरको पूर्वमा रहेको दार अल–अरकाम विद्यालयमा इजरायली आक्रमणमा कम्तीमा २९ जना प्यालेस्टिनीको मृत्यु भएको ।
एक सयभन्दा बढी घाइते भएका छन् । कार्यालयले मृत्यु हुनेमा १८ बालबालिका, महिला र वृद्धवृद्धा रहेको बताएको छ ।
यसैबीच गाजाको नागरिक रक्षाका प्रवक्ता महमूद बसालले विद्यालयले निरन्तर इजरायली बमबारीबाट बच्न शरणार्थी परिवारहरूलाई आश्रय दिइरहेको बताए । धेरै विस्थापित मानिसहरूलाई आश्रय दिइरहेको बेला सेनाले आक्रमण गरेको बताए ।
गाजा स्वास्थ्य अधिकारीहरूले बिहीबार भनेका छन् कि नयाँ इजरायली आक्रमणहरूले अहिलेसम्म १ हजार १६३ प्यालेस्टिनीहरूको मृत्यु भएको छ । २ हजार ७३५ जना घाइते भएका छन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















