images
images
  • संयुक्त राष्ट्र मानव अधिकार परिषदद्वारा इजरायललाई गाजामा नरसंहार रोक्न आग्रह

    संयुक्त राष्ट्र मानव अधिकार परिषद्द्वारा इजरायललाई गाजामा नरसंहार रोक्न आग्रह

    संयुक्त राष्ट्र संघ मानव अधिकार परिषद्को ५८ औँ बैठकले बुधवार इजरायललाई गाजा पट्टीमा नरसंहार रोक्न माग गर्ने प्रस्ताव पारित गरेको छ ।

    पक्षमा २७ मत विपक्षमा ४ मत र १६ मतले मतदान नगरी पारित भएको प्रस्तावले इजरायललाई युद्धविराम सम्झौता उल्लङ्घन गरेकोमा निन्दा गरेको छ । आफ्ना प्रतिविद्धताहरूलाई पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ ।

    प्रस्तावले गाजामा युद्धको विधिको रूपमा इजरायलले भोकमरीको प्रयोग, मानवीय पहुँचको गैरकानूनी अस्वीकार, राहत आपूर्तिमा जानाजानी अवरोध र खाद्यान्न, पानी, बिजुली, इन्धन र दूरसञ्चार लगायत नागरिक बाँच्नको लागि आवश्यक पर्ने आवश्यक स्रोतहरूबाट वञ्चित गरेकोमा थप निन्दा गरेको छ ।

    प्रस्तावले इजरायली अधिकारीहरूले नरसंहारको लागि उक्साउने बयानहरूमाथि गम्भीर चिन्ता व्यक्त गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images