images
images
  • दक्षिण कोरियाली संसदद्वारा पूर्वकार्यवाहक राष्ट्रपतिविरुद्ध महाभियोग प्रस्ताव दर्ता

    दक्षिण कोरियाको संसद्ले बुधवार पूर्वकार्यवाहक राष्ट्रपति, आर्थिक मामिला उपप्रधानमन्त्री चोई साङ–मोक विरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेको छ । कार्यवाहक राष्ट्रपतिको समयमा संवैधानिक अदालतको न्यायाधीश नियुक्त गर्न अस्वीकार गरेको भन्दै महाअभियोग प्रस्ताव दर्ता गरिएको हो ।

    चोईको महाभियोग प्रस्ताव राष्ट्रिय सभाको पूर्ण सत्रमा दर्ता गरिएको थियो । राष्ट्रपति युन सुक–योल र प्रधानमन्त्री हान डक–सू दुवैको महाभियोगपछि चोईले मार्च २४ सम्म लगभग तीन महिनासम्म कार्यवाहक राष्ट्रपतिको रूपमा काम गरेका थिए । चोई विरुद्ध महाभियोग प्रस्ताव चार कारणले पेस गरिएको हो ।

    जसमा महाभियोग लगाइएका राष्ट्रपति युनको असफल मार्शल ल लागूमा चोईको कथित संलग्नता र संवैधानिक अदालतको न्यायाधीश नियुक्त गर्न अस्वीकार समावेश छ । नौ सदस्यीय संवैधानिक अदालतमा हाल आठ न्यायाधीशहरू छन् । जसमा कार्यवाहक राष्ट्रपतिले अझै एक जना नियुक्त गरेका छैनन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images