images
images
  • म्यानमार भूकम्पमा मृत्यु हुनेको संख्या २ हजार ८ सय नाघ्यो

    म्यानमारमा गत शुक्रवार गएको ७.९ म्याग्निच्युडको भूकम्पमा मृत्यु हुनेको संख्या २ हजार ८ सय ८६ पुगेको छ । त्यस्तै ४ हजार ६ सय ३९ जना घाइते भएका छन् । ३७३ जना अझै बेपत्ता छन् ।

    म्यानमार रेडक्रस सोसाइटीका अध्यक्ष म्यो न्युन्टले प्रभावित क्षेत्रहरूमा सुरक्षा चिन्ताका कारण उद्धार टोलीहरूले आपूर्ति वितरणमा उल्लेखनीय कठिनाइहरूको सामना गर्नुपरेको बताए । विशेष गरी भारी मेसिनरीको अभाव रहेको म्यो न्युन्टले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images