प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलहरूले प्रतिस्थापन विधेयक पास हुन नदिनको लागि सदन अवरुद्ध पारेको बताएका छन् ।
बिहीबार आठौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले प्रतिपक्षले अनावश्यक ‘ननइस्यु’लाई ‘इस्यु’ बनाएर सदन अवरुद्ध पारिएको बताए । उनले सरकारले ल्याएका प्रतिस्थापन विधेयकहरू यही चैत १८ गते भित्र राष्ट्रपतिबाट हस्ताक्षर गर्नुपर्ने भएको कारण कुनै कर्मचारीको विषयलाई लिएर सदन अवरुद्ध गर्न नहुने बताए । उनले प्रतिपक्षले सदनमा अवरोध कायमै राखे मुलुक फेरि कानुनविहीनतामा अगाडि बढ्ने उनको तर्क छ ।
प्रधानमन्त्री ओलीले विद्युत् प्राधिकरणको विषयमा गाली नगर्नुपर्नेलाई झुटो गाली र प्रशंसा नगर्नुपर्नेलाई झुटो प्रशंशा गरिएको समेत बताए ।
उनले भने, ‘ननइस्युलई इस्यु बनाएर संसद् चल्न नदिनु । अध्यादेशहरू यो १८ गतेभित्र राष्ट्रपतिबाट हस्ताक्षर भएनन् भने त्यो असफल हुन्छ । फेरि कानुनविहीनतामा देश पस्छ । यो दुई महिनामा हामीले कानुन अगाडि बढाइसकेका थियौँ ।’
प्रधानमन्त्री ओलीले प्रतिपक्षी दलहरूले जानी जानी मुलुकलाई कानुनहरूबाट भ्याकुममा राख्ने काम गरिएको टिप्पणी गरे ।






















