प्रधानमन्त्री केपी शर्मा ओलीले कानुन बनाउन नदिनका लागि प्रतिपक्ष दलहरूले संसद् अवरोध गरेको बताएका छन् । बुधबार काठमाडौँमा युवा संघको स्वयं सेवक भेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री ओलीले देशमा शान्ति चाहिएको बताउँदै उपद्रो गर्ने छुट कसैलाई नरहेको बताए । उहाँले सरकारले कर्मचारी निकालेको जवाफ संसदमा प्रधानमन्त्रीले नदिए संसद् चल्न नदिने कुरा राम्रो नभएको भन्दै चित्त नबुझे अरू प्रक्रिया रहेको बताए ।
प्रधानमन्त्री ओलीले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्ति गर्नु नै आफ्नो जवाफ भएको बताए । तपाईंहरुले भनेको मान्ने कर्मचारीहरू राखिदिनुपर्ने हो भन्दै उनले प्रश्न गरे । सरकारलाई असहयोग गर्ने, देशलाई अप्ठ्यारोमा पार्ने कर्मचारी राखिदिनुपर्ने हो भन्ने उनको प्रश्न छ । देशलाई एक पाइला अघि बढ्न नदिने तत्त्वहरू अहिले विरोध गरिरहेको उनको आरोप छ । १८ गते भित्र अध्यादेशलाई विस्थापन गर्ने प्रतिस्थापन विधेयकहरू पारित हुनुपर्ने कुरा सबैलाई थाहा भएपनि कानुन प्रमाणीकरण हुन नदिन यस्तो गरिएको उनले बताए ।
प्रधानमन्त्री ओलीले भने, ‘हामीलाई शान्ति चाहिएको छ । देशमा हामी शान्ति चाहन्छौँ । दिनैपिच्छेका उपद्रो होइन । अनेक प्रकारका शक्तिहरू छन् । सरकारले एउटा कर्मचारी निकाल्यो अरे । ठुलो घाटा परेछ कसैलाई छाती पिटिपिट कन रोएका छन् । एउटा कर्मचारीलाई कारबाही गर्यो अरे सरकारले । त्यसको विधि अर्को होला नि संसद् बन्द गरेको छ । प्रधानमन्त्रीले आएर जवाफ दिनुपर्यो रे । जवाफ दिइसक्यो प्रधानमन्त्रीले । दिइसक्यो सिद्धियो नि त । कहाँ पाल्र्यामेण्टमा जवाफ दिने । थाहा पाइएन । एउटा हटायो, अर्को नियुक्त ग¥यो । सिद्धियो । यसमा पनि फेरि मोर्चाबन्दी रु वाह । कोको भन्नुहुन्छ, उहाँहरूले त्यो त्यो कर्मचारी केके भनेर चलाउनुहुन्छ, त्यसरी चलिदिने कर्मचारी राखिदिनुपर्ने रु सरकारलाई असहयोग गर्ने, देशलाई अप्ठ्यारोमा पार्ने । कोको छन् त्यस्तो राखिदिनुपर्ने । अनुशासनहीनता, अराजकता, राष्ट्रिय घाटा, सबै सहनुपर्ने । उहाँहरू केके न इस्यु पायौँ भनेर बोकेर हिँड्ने । त्यो हामीले बुझेका छौँ ।’
नेकपा (माओवादी केन्द्र)प्रति लक्षित गर्दै पार्टीको लागि ठुलो घाटा भएकाले छाती पिटीपिटी रोएको बताए ।






















