images
images
  • आज ग्याल्पो ल्होसार मनाउँदै शेर्पा समुदाय

    काठमाडौं : फागुन शुक्ल प्रतिपदा। शुक्रबार शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउँदैछ।

    नयाँ वर्षका रूपमा शेर्पा समुदायले २१५२औँ ग्याल्पो ल्होसार मनाउन लागेको हो। मुसा, गाई, बाघ, खरायो, मेघ, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ।

    ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्य रूपमा मनाइन्छ । ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन शुरू गरिएको हो। समय क्रममा ग्याल्पो ल्होसार नामकरण भएको अनुसन्धाता टीका शेर्पाले जानकारी दिए। यो ल्होसारलाई कसैले ग्याल्पो र कसैले ग्याल्बो उच्चारण गर्ने गरेको उनले बताए.

    विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्पो ल्होसार हाल २२ जिल्लामा मनाइन्छ। शेर्पा जातिको बसाइँसराइसँगै यो पर्व मनाउने जिल्ला बढेको हो।

    ग्याल्पो ल्होसारका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ।

    गुरूङ समुदायले पुस १५ मा तमु र तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होसार मनाएका थिए।

    प्रतिक्रिया दिनुहोस्