images
images
  • निर्धारित समयअगावै ‘ग्रे लिष्ट’बाट बाहिर निस्कन्छौँ : अर्थमन्त्री पौडेल

    काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल निर्धारित समयअगावै ‘ग्रे लिष्ट’बाट बाहिर निस्कने बताएका छन् ।

    फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटीएफ)ले नेपाललाई ‘ग्रे लिष्ट’मा राखेपछि संक्षिप्त प्रतिक्रिया दिँदै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

    “विगतमा निर्धारित समयमा निर्धारित काम सम्पन्न गर्न नसक्दा यो परिस्थिति निर्माण भएको हो । पेरिस बैठकबाट नेपालको कार्ययोजना स्वीकृत भएको छ । सोहीअनुसार प्रभावकारी रूपमा काम गरेर हामी निर्धारित समयअगावै ग्रे लिष्टबाट बाहिर निस्कन्छौँ,” अर्थमन्त्री पौडेलले भने ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images