काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्थाले विभिन्न संस्थपकको नाममा रहेको संस्थापक शेयर बिक्रीमा राखेको छ । ७ जना संस्थापक शेयरधनीको नाममा रहेको ३१ हजार ५७६ कित्ता संस्थापक शेयर कम्पनीले सर्वसाधारणका लागि बिक्रीमा राखेको हो ।
कम्पनीले उक्त शेयर विद्यमान संस्थपकहरुका लागि बिक्रीमा राख्दा कुनै पनि संस्थापकले खरिद नगरेपछि सर्वसाधारणका लागि बिक्री खुल्ला गरिएको जनाएको छ । शेयर खरिद गर्न चाहनेले संस्थाको केन्द्रीय कार्यालय, बनेपामा गएर आवेदन दिनु पर्नेछ ।आवेदन १० दिनभित्र दिनुपर्ने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्





















