images
images
  • एनआरएनए सञ्जाल ९० देशमा विस्तार

    लन्डन । गैरआवासीय नेपाली संघ ( एनआरएनए)को सञ्जाल ९० देशमा विस्तार भएको छ । सन् २००३ मा विदेशमा नेपालीले सिकेको ज्ञान, सिप र पुँजीलाई नेपालको समृद्धिमा लगाउने उद्देश्यसहित स्थापित एनआरएनए ९० देशमा विस्तार भएको हो ।

    गैरआवासीय नेपाली संघका महासचिव गौरीराज जोशीका अनुसार सोलोभेनिया, माल्दोवा र क्रोएसियाका राष्ट्रिय समन्वय समितिहरू थपिएपछि संघको सञ्जाल ९० देशमा पुगेको हो ।

    गैरआवासीय नेपाली संघ यूरोप संयोजक चिरञ्जीवी खड्काले संघले युरोप क्षेत्रमा मात्र चारवटा राष्ट्रिय समितिहरू थपेर २९ देशमा नयाँ शाखा स्थापना गरिएको बताए ।

    यसैबीच, संघको नवगठित राष्ट्रिय समितिका पदाधिकारीहरूले आइतबार संघका अध्यक्ष डा. बद्री केसीसमक्ष शपथग्रहण गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images