images
images
  • पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टीतेलको घट्यो

    काठमाडौँ : नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ। यसैगरी डिजेल तथा मट्टीतेलको मूल्य घटेको छ। निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ बढेको छ भने डिजेल तथा मट्टीतेलको मूल्य ४ रुपैयाँ घटेको छ।

    इन्डियन आयल कर्पोरेशनले पठाएको नयाँ खरिद मुख्यअनुसार शनिबार पेट्रोलको ५८ पैसा बढेर र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ ५९ पैसा घटेर आएकाले सोहीअनुसार मूल्य समायोजन गरिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

    नयाँ मूल्य शनिबार मध्यरातदेखि लागू हुनेछ।

    नयाँ मूल्यअनुसार अब काठमाडौँमा पेट्रोलको १६८ रुपैयाँ तथा डिजेल र मट्टीतेलको १५६ रुपैयाँ प्रतिलिटर पर्ने भएको छ।

    %E0%A5%A7 rTZuTHqLNI

    प्रतिक्रिया दिनुहोस्