images
images
  • अब मंकीपक्सको जिन सिक्वेन्सिङ परीक्षण नेपालमै

    काठमाडौं : नेपालमा गर्न नसकिएको मंकीपक्सको जिन सिक्वेन्सिङ परीक्षण अब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमै हुने भएको छ।

    यसअघि यस्तो परीक्षणका लागि नमुना देशबाहिर पठाउनुपर्ने बाध्यता रहेकोमा आगामी दिन उक्त बाध्यताको अन्त्य भएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा रन्जनराज भट्टले जानकारी दिए।

    परीक्षण पश्चात् विदेशको प्रयोगशालाको नतिजाासँग ट्याली गरिएकोमा नतिजा शत प्रतिशत नै मिल्न आएकोले उक्त परीक्षण सफल भएको डा भट्टको दाबी छ। यो रुटिन टेष्ट अन्तर्गत नपर्ने भएकोले आम मानिसले गर्दा कति खर्च लाग्छ भन्ने यकिन नभएको उनी बताउँछन्।

    ‘केही दिन अगाडि मात्रै भएको मंकीपक्स परीक्षण पीसीआर विधिबाट भएको थियो, त्यतिबेला एमपक्सको क्लेड (भाइरसको भेरियन्ट) पहिचान गर्नका लागि थाइल्यान्ड पठाइएको अब उक्त पहिचान नेपालमा नै गर्न सकिने भएको छ’, डा भट्टले भने।

    प्रतिक्रिया दिनुहोस्
    images
    images