काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै छ। बैठकमा सरकारले ल्याएको अध्यादेशलगायत समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ।
बैठक ८ः३० बजेबाट सुरु हुने भने पनि अझै सुरु नभएको सांसद कान्तिका सेजुवालले जानकारी दिइन्।
माघ १८ गते सुरु भएको हिउँदे अधिवेशनको पहिलो बैठकमा सरकारले पेस गरेको ६ अध्यादेश आज निर्णयार्थ प्रस्तुत हुँदैछ। कांग्रेस संसदीय दलको बैठकले अध्यादेश स्वीका गर्ने पक्षमा मत दिन ह्वीप लगाउने सम्भावना छ।
यसअघि माघ १८ गते बसेको बैठकमा कांग्रेसतर्फका मन्त्री र पार्टीका पदाधिकारीहरूले बोल्न बाँकी रहेकाले बैठकमा आफ्नो धारणा पनि राख्न समय पाउनेछन्।
१८ गतेको बैठकमा स्थानीय तहको निर्वाचनभन्दा अगाडि प्रतिनिधिसभाको निर्वाचन गर्नुपर्ने विषय उठेको थियो। त्यस्तै पार्टीको महाधिवेशन ०८४ को आम निर्वाचनपछि गर्नुपर्ने माग पनि बैठकमा उठेको थियो। कांग्रेसको महाधिवेशन नियमित समयमा भए ०८२ मंसिरमा गर्नुपर्ने हुन्छ।























