images
images
  • ६ महिनामा सात खर्ब ३६ अर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रियो, वृद्धिदर भने खुम्चियो

    काठमाडौं – चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा सात खर्ब ६३ अर्ब आठ करोड रुपैयाँ विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ ।

    गत वर्षको सोही अवधिको तुलनामा रेमिट्यान्स आय ४.१ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

    गत वर्ष भने अघिल्लो वर्षको तुलनामा रेमिट्यान्स आय २२.२ प्रतिशतले बढेको थियो ।

    वैदेशिक रोजगारीका लागि संस्थागत तथा व्यक्तिगत–नयाँ अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या दुई लाख ३० हाजार ४३९ छ । एक पटक वा पटक–पटक वैदेशिक रोजगारीमा गएर फर्किएका एक लाख ६२ हजार ६२८ जनाले पुनः श्रम स्वीकृति लिएका छन् ।

    गत वर्षको सोही अवधिमा संस्थागत तथा व्यक्तिगत–नयाँ अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या दुई लाख ६ हजार ३९० र पुनः श्रम स्वीकृति लिनेको संख्या एक लाख ३३ हजार ९४० थियो ।

    यो वर्ष नयाँ श्रम स्वीकृति लिनेको संख्या २४ हजारले बढी हुँदा पुन: श्रम स्वीकृति लिनेको संख्या २९ हजारले बढी छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images