काठमाडौं-इजरायलमा प्यालेस्टिनी अतिवादी समूह हमासको आक्रमणपछि कब्जामा परेका नेपाली विपिन जोशी जीवित रहेको पुष्टि भएको छ।
टाइम्स अफ इजरायलले प्रकाशित गरेको समाचारअनुसार विपिन जीवित छैनन् कि भन्ने आशंका भइरहेका बेला हमासले रिहा गर्न लागेकाको सूचीमा नेपाली पनि उल्लेख गरिएकाले उनी जीवित रहेको प्रमाणित भएको हो।
हमासको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशी जीवितै रहेको समाचारहरु बाहिर आएका छन् । इजरायलले पनि जोशी जीवितै र सकुशल रहेको उल्लेख गरेको छ । यद्यपि, हमासबाट भने यसको स्वतन्त्र पुष्टि हुन बाँकी छ । समाचारहरुमा जनाइएका अनुसार हमासले जोशीलाई गाजामा बन्धक बनाएर राखेको छ । द टाइम्स अफ इजरायलले प्रकाशन गरेको समाचारमा गाजामा बन्धक बनाइएकाहरूमा एक नेपाली पनि रहेको उल्लेख गरेको छ ।
एक नेपाली भने पनि नाम खुलाइएको छैन । तर, हमासले इजरायलमा गरेको आक्रमणका क्रममा बेपत्ता पारिएका नेपाली नागरिक विपिन जोशी मात्रै हुन् । समाचारहरुका आधारमा जोशी जीवितै र सकुशल रहेको अनुमान गरिएको हो । हमासले ५ जना थाई नागरिकसहित ८ जना बन्धकलाई आज रिहा गर्दै छ । ३ जनाको नाम सार्वजनिक गरिसकेको छ । तर, त्यो सूचीमा जोशीको नाम छैन । टाइम्स अफ इजरायलका अनुसार गाजामा अझै ८ थाई, १ नेपाली र १ तान्जानियालीलाई हमासले बन्धक बनाएर राखेको छ ।
थाई नागरिक २ जना र तान्जानियाली नागरिक १ जनालाई भने मृत घोषणा गरिसकिएको छ । आज रिहा हुने बन्धकको बदलामा इजरायलले १ सय १० प्यालेस्टिनीलाई रिहा गर्नेछ ।इजरायल र हमासबीच यही जनवरी १९ देखि युद्धविराम भएको छ। यसबीच उनीहरूले सम्झौताअनुसार आफ्ना नियन्त्रणमा रहेका एकअर्काका नागरिकलाई रिहा गरिरहेका छन्।
गाजामा इजरायल र हमासबीच युद्ध रोकिएसँगै नेपालीहरू जोशीको रिहाइको पर्खाइमा छन् । समाचारहरुका आधारमा उनी जीवितै रहेको र चाँडै नेपाल फर्किने सम्भावना छ ।हमासले सन् २०२२ को अक्टोबर ७ मा इजरायलमा आक्रमण गरेको थियो । त्यस क्रममा हमासले गाजा नजिकैको इजरेली सहर किबुत्ज अलुमिमबाट जोशीलाई अपहरण गरेर आफ्नो कब्जामा लिँदै हालसम्म बन्धक बनाएर राखेको छ । इजरायल र हमासबीच युद्धविराम भए पनि यसअघि जोशीको अवस्था थाहा हुन सकेको थिएन ।
हमासको कब्जामा अझै आठ थाई, एक नेपाली र एक तान्जानियाली बन्धक जीवित रहेको टाइम्स अफ इजरायलले जनाएको छ। आज छुट्ने बन्धकमध्ये नाम भने उल्लेख छैन। विपिनलाई सन् २०२२ अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणका क्रममा गाजा नजिकैको इजरायली सहर किबुत्ज अलुमिमबाट अपहरण गरेको थियो।–एजेन्सी


विश्व खबर 




















