images
images
  • ताप्लेजुङमा यातायात ठप्प, मोर्चाका नेता प्रदीप पक्राउ

    काठमाडौं – ताप्लेजुङमा मंगलबार यातायातका साधन सञ्चालनमा रोक लगाइएको छ ।

    फुङलिङ बजारबाट प्रहरीले बजार बन्द गराउँदै हिडेका एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पहिचानवादी मोर्चाको ताप्लेजुङ जिल्ला संयोजक ५२ वर्षीय प्रदीप मादेन रहेका छन्।

    बन्दका कारण चारपाङ्ग्रे सवारी साधन चलेका छैनन् । बजार र विद्यालय र कलकारखाना खुला रहेको डिएसपी रावलले जानकारी दिए । बन्द आह्वान भएपछि प्रहरीले सुरक्षा सतर्कता बढाएको उनले बताए ।

    जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डीएसपी रवि रावलका अनुसार मादेन सोमबार भएको हुलहुज्तको घटनाका नेतृत्वकर्ता हुन् ।

    पाथीभरा मन्दिर क्षेत्रमा केबलकार बनाउन नहुने बताउँदै आएका स्थानीवासी र प्रहरीबीच गएको शनिबार झडप भएको थियो । त्यसक्रममा प्रहरीले गोली चलाएको थियो । गोली लागेर घाइते भएका दुईसहित तीन प्रदर्शनकारीको उपचार जारी छ ।

    काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उनीहरूको उपचार भइरहेको छ । झडपमा केही प्रहरी पनि घाइते भएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images