images
images
  • कञ्चनपुरमा प्रहरी जवान विष्टले आफैँमाथि हाने गोली

    काठमाडौं । कञ्चनपुरमा प्रहरी जवानले आफैँमाथि गोली प्रहार गरेका छन् ।

    सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्म कञ्चनपुरमा कार्यरत प्रहरी जवान वकिल विष्टले बुधबार बेलुका आफैँमाथि गोली प्रहार गरेका हुन् ।

    राइफलको गोली हानेका विष्टको अवस्था गम्भीर छ । उनको महाकाली अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images