images
images
  • नीति नियमको धज्जी उँडाइरहेको एनआइसी एशिया बैंकलाई राष्ट्र बैंकले गर्याे कारबाही

    काठमाडौं । संस्थागत सुशासनमा भद्रगोल भेटिएपछि नेपाल राष्ट्र बैंकले एनआईसी एशिया बैंकमाथि कारबाही गरेको छ । विभिन्न चार कारण देखाउँदै राष्ट्र बैंकले उक्त बैंकमाथि कारबाही गरेको हो ।

    एनआईशी एशियाले बैंकका सञ्चालक तथा उनको परिवारका सदस्य एवम् सम्बद्ध संस्थाको खाता खोलेको मिति पुरानो राखेर प्रकाशित ब्याजदरभन्दा धेरै ब्याज दिएको ठहर भएको छ । त्यसरी धेरै दिइएको ब्याजदर फिर्ता गराइएको र आगामी दिनमा यस प्रकारका कार्य नगर्न प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने, अध्यक्ष तुलसीराम अग्रवाल र सञ्चालक त्रिलोकचन्द्र अग्रवाल तथा सञ्चालक रामचन्द्र संघाइलाई निर्देशन दिइएको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, बैंकको स्थलगत निरीक्षणको क्रममा बैंकले कर्जा वर्गीकरण तथा कर्जा नोक्सानीसम्बन्धी निर्देशन, पुँजीकोष तथा जोखिमभारसम्बन्धी निर्देशन, ब्याजदरसम्बन्धी निर्देशन एवम् संस्थागत सुशासनसम्बन्धी कतिपय निर्देशनको पालना नगरेको पाइएको भन्दै राष्ट्र बैंकको निर्देशन पूर्ण रुपमा परिपालना गर्न गराउन एवं सुधारको कार्ययोजना बनाइ लागु गर्न निर्देशन दिइएको छ ।

    उता ब्याजदर सम्बन्धी राष्ट्र बैंकको निर्देशन उल्लंघन नगर्न तथा बैंकले जारी गरेको क्यापिटल एडेक्वेसी फ्रेमवर्क अनुरुप हुने गरी जोखिमभार र पुँजीकोष कायम भएको यकीन गरी सोको प्रतिवेदन नियमित रुपमा उपलब्ध गराउन तथा सोको सुधारको कार्ययोजना बनाई लागु गर्न समेत निर्देशन दिइएको छ । कर्जा वर्गीकरण तथा कर्जा नोक्सानी सम्बन्धी व्यवस्था यस बैंकको निर्देशन अनुरुप हुनेगरी गर्न तथा राष्ट्र बैंकले जारी गरेका संस्थागत सुशासनसम्बन्धी निर्देशनहरुको पूर्ण रुपमा पालना गर्न गराउन तथा सुधारको कार्ययोजना बनाई लागु गर्न निर्देशन दिइएको छ ।

    सोमबार मात्रै चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको बैंकको नाफा ९२ प्रतिशतले घटेर १५ करोडमा झरेको छ । बैंक यो त्रैमासको अन्त्यसम्ममा वाणिज्य बैंकमध्ये सबैभन्दा कम नाफा कमाउने बैंक बनेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images