नयाँ दिल्ली–ललितपुरको महांकाल गाउँपालिका उपाध्यक्ष डोल्मा माया गोले अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएकी छन् ।
आइतवार भारतको राजधानी नयाँ दिल्लीको एरोसिटीको होटल होलिडे इनमा भएको द इन्टरनेशनल अवार्ड समिट २०२४ कार्यक्रममा अन्तर्राष्ट्रिय महिला नेतृत्व पुरस्कारबाट महाङ्काल गाउँपालिकाकी उपाध्यक्ष डोल्मा माया गोले सम्मानित भएकी हुन् ।
अन्तर्राष्ट्रिय महिला नेतृत्व अवार्ड विशेषगरी विभिन्न क्षेत्रमा महिलाहरुको नेतृत्व गरेर नमुना योग्य कामलाई लिएर यो अवार्ड प्रदान गरिने छ । स्थानिय सरकारमा रहेर महिला,वालबालिका र ज्येष्ठ नागरिकको पक्षमा काम गरेको कृषि, पर्यावरण र धर्म सस्कतिका क्षेत्रमा गरेको कामको मुल्याङ्कन गरेको थियो ।
महाङ्काल गाउँपालिकाकी उपाध्यक्ष गोलेले गत असोज १०देखी १३ सम्म आएको अभिरल वर्षासहित वाढी पहिरोको क्रममा अहोरात्र खटेर जनताको उद्धार र राहातमा पुर्याइको योग्दानलाई कदर गरेको आयोजक संस्थाले जनाएको छ । विशेषगरी हेरिएको थियो । अभिरल वर्षासहित वाढी पहिरोमा परेर महाङ्काल गाउँपालिकामा १३ जना मृत्यू र १ बेपत्ता १ सय ५० घरपरिवार विस्तापित भएको थिए ।
दक्षिण एसियाका विभिन्न हरेक वर्ष समाजका विभिन्न क्षेत्रमा उत्कृष्ट काम गरेर योगदान दिएका व्यक्तिहरु विभिन्न ६ विद्यामा पुररस्कार प्रधान गर्ने गरेको छ । उपाध्यक्ष गोलेका अनुसार यो संस्थाले उनीसहित नेपालका विभिन्न क्षेत्रका ४ जना व्यक्तिलाई पुरस्कृत गरेको छ । इन्टरनेशनल अवार्ड समिटको अवसर पारेर उनी पुरस्कृत भएकी हुन् ।
इन्टरनेशनल अवाड्र्स फोरम (TIAF–USA) संयुक्त राज्य अमेरिकाको सामाजिक संस्था हो । यो अवार्ड इन्टरनेशनल अवार्ड फोरम अमेरिकाले विभिन्न देशहरुमा फरक फरक मितिमा आयोजना गर्दै आएको छ । हरेक वर्ष समाजका विभिन्न क्षेत्रमा उत्कृष्ट काम गरेर योगदान दिएका व्यक्तिहरुलाई यो संस्थले अवार्ड वितरण गर्दै आएको छ ।
को हुन् डोल्मा माया गोले ?
हाल महांकाल गाउँपालिका ललितपुरको उपाध्यक्ष रहेकी गोले १४ वर्षको उमेरमा माओवादीमा पुर्णकालिन भएर राजनीति र समाज सेवामा सक्रिय छिन् । तत्कालीन नेकपा माओवादीकी छापामार गोले माओवादी आन्दोलनका बेला पटक पटक जेलसमेत परिन । जेलबाटै एसएलसी र प्लस टुसम्म पास गरेकी उनी हाल माओवादी केन्द्रको राजनीतिमा सक्रिय छिन् ।
प्रतिक्रिया दिनुहोस्