images
images
  • अस्ट्रेलियामा नेपालीले चलाएको कार दुर्घटना हुँदा चार जनाको मृत्यु

    अस्ट्रेलियामा नेपाली मूलका एक व्यक्तिले चलाएको कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।

    पश्चिम अस्ट्रेलियाको पर्थमा नेपाली मूलका रविन रावलले चलाएको कार ट्याक्सीसँग ठोक्किएर दुर्घटना हुँदा चार जनाको ज्यान गएको समाचार संस्था सेभेनन्युज जनाएको छ ।

    समाचारअनुसार दुर्घटनामा रावलसहित ५८ वर्षीय ट्याक्सी चालक र ट्याक्सीमा सवार अरू दुई जनाको मृत्यु भएको छ ।

    ट्याक्सीमा चालकसहित ८१ वर्षीया र ५६ वर्षीया महिला सवार थिए । उनीहरूको परिचय खुलाइएको छैन ।

    सेभेन न्युजका अनुसार ४३ वर्षीय रावल पर्थमा सरकारी जागिरे थिए । उनका श्रीमती र सन्तान छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images