images
images
  • काठमाडौंबाट चिनियाँ नागरिक अपहरण, हेटौँडाको जंगलबाट चार भारतीय पक्राउ

    काठमाडौं । एक चिनियाँ नागरिक अपहरणमा परेका छन् । भारतीय समूहले ती चिनियाँ नागरिकलाई काठमाडौंको ठमेलबाट अपहरण गरेर मंगलबार साँझ भारत लैजान लागेको खुलेको छ ।

    अपहरणको सूचना उपत्यका अपराध अनुसन्धानको टोलीले प्राप्त गरेपछि चिनियाँ नागरिकको उद्धारका लागि काठमाडौंबाट हेटौँडा पुगेको छ ।

    प्रहरी स्रोतका अनुसार हेटौँडाको जंगलबाट कार्यालयको टोलीले चार भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । चिनियाँ नागरिक भने भागेर जंगलतिर पसेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images