images
images
  • लिबियाको तटबाट ४९३ आप्रवासीको उद्धार

    त्रिपोली । आप्रवासीका लागि अन्तर्राष्ट्रिय संगठन (आईओएम)ले गत हप्ता लिबियाको तटबाट ४९३ आप्रवासीलाई उद्धार गरिएको मंगलबार जनाएको छ ।

    जनवरी ५ र जनवरी ११ को बीच, “४९३ जना आप्रवासीलाई लिबिया फर्काइएको थियो,” आईओएमले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

    आप्रवासीमा ४७ महिला र १७ बालबालिका रहेका छन् भने तीन आप्रवासीको शव फेला परेको आईओएमले जनाएको छ ।

    सन् २०२४ मा, २१ हजार ७६२ आप्रवासीहरूलाई उद्धार गरी लिबिया फर्काइयो । त्यसमध्ये ६७४ को मृत्यु र एक हजार १५ जना भूमध्य मार्गमा हराएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images