images
images
  • लस एन्जलसमा अझै रोकिएन आगलागीः २४ मृत्यु, २३ जना बेपत्ता

    अमेरिकाको लस एन्जलसमा लागेको आगो अझै पूर्ण रूपमा नियन्त्रणमा आएको छैन। आगलागीका कारण अहिलेसम्म २४ जनाको मृत्यु भइसकेको छ।

    आगो अझै पनि आगो सल्किरहेका क्षेत्रमा पालिसेड्स, इटन र हर्स्ट पर्छन्।

    अहिलेसम्म के के भए?

    -अमेरिकाको लस एन्जलसमा भएको आगलागीमा हालसम्म २४ जनाको मृत्यु भएको छ भने २३ जना बेपत्ता छन्।

    -पालिसेड्स आगलागीबाट सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये एक हो। यहाँ आगो २३ एकडभन्दा बढी क्षेत्रमा फैलिएको छ र १४ प्रतिशत क्षेत्रफलमा मात्र नियन्त्रणमा आएको छ। ५ हजारभन्दा बढी मानिस आगो निभाउन खटिएका छन्।

    -दोस्रो सबैभन्दा बढी प्रभावित क्षेत्र ईटनमा आगो ३३ प्रतिशत मात्र नियन्त्रणमा ल्याइएको छ। १४ हजार एकडभन्दा बढी क्षेत्रफलमा अझै पनि आगलागी जारी छ।

    -आगो १०० प्रतिशत नियन्त्रण हुनुको अर्थ यो पूर्ण रूपमा निभिसकेको भन्ने होइन। यसको अर्थ आगो अझ फैलिनबाट रोकिएको छ।

    -राष्ट्रिय मौसम सेवाका मौसमविद् रिच थम्पसनका अनुसार लस एन्जलसमा लागिरहेको आगोलाई सान्ता आना हावाले अझ फैलाइरहेको छ, जुन अझै रोकिने छाँट छैन।

    -अमेरिकी राष्ट्रपति जो बाइडेनले भने- २४ निर्दोष नागरिक गुमाउनुपर्दा हाम्रो मन भारी भएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images