images
images
  • नेपाल लाइफ इन्स्योरेन्सले २१.०५ प्रतिशत लाभांश दिने

    काठमाडौं-नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष (आव) २०८०/८१ सम्मको मुनाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरूलाई २१.०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

    कम्पनीले हाल कायम चुक्तापूँजीको कुल २१.०५ प्रतिशतमध्ये १० प्रतिशत बोनस सेयर छ भने ११.०५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ ।

    उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ । अघिल्लो आवको मुनाफाबाट कम्पनीले २१.०५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images