images
images
  • अमेरिकाको लस एन्जलसको जंगलमा भीषण आगलागी, मानिसहरूको भागाभाग

    अमेरिकास्थित लस एन्जलसको जंगलमा लागेको आगो अमेरिकामा फैलिएको छ। २० एकड क्षेत्रफलमा सुरु भएको आगलागी केही घण्टामै १२ सय एकडमा फैलिएको छ।

    दमकल विभागका प्रमुख क्रिस्टिन क्राउलीले यहाँबाट ३० हजार मानिसलाई बाहिर निकाल्न निर्देशन दिइएको बताएका छन्। यस वनको आगलागीबाट १३ हजार भवन जोखिममा छन्।

    केही भिडिओ फुटेजले प्यासिफिक पालिसेड क्षेत्रका घरहरू नजिकका क्षेत्रहरूबाट बाक्लो धुवाँ निस्किरहेको देखाउँछ। यहाँ बसोबास गर्ने मानिसहरु आफ्नो घर र सवारीसाधन छाडेर भागेको देखिन्छ।

    क्यालिफोर्नियामा लाखौं मानिसहरूका लागि चेतावनी जारी गरिएको छ। आगो अझै फैलिने खतरा रहेको बीबीसीले उल्लेख गरेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images